बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु

बिहीबार, २८ जेठ २०८३, १२ : २५
बिहीबार, २८ जेठ २०८३

सारांश

  • आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
  • प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन प्रतिपक्ष दलहरूले केहिबेर अवरोध गरेका थिए ।
  • अवरोध पछि अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले बजेटमाथिको छलफल सुरु गरेका छन् ।

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।  

अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो । छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा‍.कृष्णहरि बुढाथोकी बोलिरहेका छन् ।

उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप