यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु
काठमाडाैँ। यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ।
एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल–मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको बताएका छन्।
प्रारम्भिक अनुसन्धानले शिविरमा रहेको गोलाबारुद भण्डारण सुविधा भित्र विद्युतीय सर्किट सर्ट भएका कारण विस्फोट भएको सङ्केत गरेको अधिकारीले बताएका छन्।
स्रोतका अनुसारसर्किट सर्ट भएका कारण लागेको आगो डिपोमा फैलिदा, भण्डारण क्षेत्रभित्र श्रृङ्खलाबद्ध विस्फोट भएको बताएको छ।
प्रत्यक्षदर्शीहरूले शिविरबाट आगो र बाक्लो धुवाँ निस्किएको त्यसपछि लगातार विस्फोट भएको रिपोर्ट गरेका छन्।
घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक सुचना जारी गरिएको छैन। क्षतिको परिमाणको विवरण पनि उपलब्ध गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ प्रतिशत सुकुमबासी महिलाले लिँदैनन् मातृ स्वास्थ्य सेवा
-
समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
-
सर्कुलर विपरीत रास्वपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी
-
माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)
-
सधैँ थकान र कमजोरी महसुस हुन्छ ?
-
उमेर ४५ वर्ष पुगिसक्यो ? यसरी ल्याउनुस् अनुहारमा प्राकृतिक चमक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण