एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
सारांश
- यशोदा फुड्सले आफ्नो उत्पादन 'करेन्ट हट एण्ड स्पाइसी' (१०० ग्राम) को ब्याच नं. २०२६/०२/२३-०४ए बाहेक अन्य सबै उत्पादनहरू उपभोग र बिक्रीका लागि सुरक्षित रहेको स्पष्ट पारेको छ ।
- खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनाको सन्दर्भमा जारी विज्ञप्तिमा कम्पनीले उक्त निश्चित ब्याच बाहेकका अन्य सम्पूर्ण उत्पादनहरू निर्धक्क रूपमा उपभोग गर्न सकिने जनाएको छ ।
- यशोदा फुड्सले उपभोक्ता, विक्रेता तथा अधिकृत विक्रेताहरूलाई भ्रममा नपरी अन्य उत्पादनको प्रयोग र बिक्रीलाई निरन्तरता दिन आग्रह गरेको छ ।
काठमाडौँ । यशोदा फुड्स प्रा.लि.ले आफ्नो उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी’ (१०० ग्राम) को एउटा ब्याच नम्बरबाहेक अन्य सबै उत्पादनहरू उपभोग र बिक्रीका लागि पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाको सन्दर्भमा एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले उपभोक्ता र विक्रेताहरूलाई यस्तो जानकारी गराएको हो । कम्पनीका अनुसार ब्याच नं. २०२६/०२/२३–०४ए को उत्पादन बाहेक अन्य मितिमा उत्पादित र फरक ब्याच नम्बर भएका सबै ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउहरू गुणस्तरीय रहेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त निश्चित ब्याच बाहेकका अन्य सम्पूर्ण उत्पादनहरू निर्धक्क रूपमा उपभोग गर्न सकिने भएकोले ढुक्क साथ उपभोग तथा बिक्री वितरण गर्नुहुन अनुरोध गर्दछौँ ।’
यशोदा फुड्सले आफ्ना आदरणीय उपभोक्ता, विक्रेता तथा अधिकृत विक्रेताहरूलाई भ्रममा नपरी अन्य उत्पादनको प्रयोग र बिक्रीलाई निरन्तरता दिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण