ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल
शुक्रबार, २९ जेठ २०८३, १२ : २०
काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
शुक्रबार इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । ‘नीतिगत तहमा केही सुधार गर्नुपर्ने भए हामीलाई सम्झाउनुहोला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको हामीलाई भन्नुहोला । हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समेत दिन सक्छौँ,’ उनले भने ।
नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री ल्याएको बताउँदै गजुरेलले आगामी नीतिहरू थप निजी क्षेत्रमैत्री बनाउने पनि बताए । ‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौँ। हाम्रो लिएको नीति पुरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौँ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
-
रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी के छ ?
-
सांसदसँग अर्थमन्त्रीले भने– ‘विनियोजन पातलै थियो, पढेर आउनुभएको भए हुन्थ्यो’
-
धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी ‘अन्डर वाटर टेम्पल’ बनाउन माग
-
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
-
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण