रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी के छ ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा छ ।
- असार १ गते धनगढीमा हुने प्रथम प्रदेश अधिवेशनमा करिब सात÷आठ सय प्रतिनिधि सहभागी हुनेछन् ।
- अधिवेशनबाट एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता सहित ४३ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशन तयारी अन्तिम चरणमा छ । असार १ गते धनगढीमा हुने सुरु हुने प्रथम प्रदेश अधिवेशनमा करिब सात÷आठ सय प्रतिनिधि सहभागी हुने महामन्त्री सन्तोषराज जैसीले जानकारी दिए ।
जैसीका अनुसार सकेसम्म सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट गर्ने बताए । पालिका र जिल्ला अधिवेशन शान्तिपूर्ण रूपमा सफल भएको जिकिर गर्दै उनले प्रदेश अधिवेशन पनि शान्तिपूर्ण रूपमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
‘पालिका र जिल्ला अधिवेशन अन्य प्रदेशको तुलनामा यहाँ शान्तिपूर्ण रूपमा सम्पन्न भयो । सबै जिल्ला अधिवेशन र ८८ वटा पालिकामध्ये ८५ पालिकामा अधिवेशन सम्पन्न भएको छ । त्यही अनुसार प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि तयारी तीव्र बनाइएको छ । उद्घाटन सत्रमा सहभागी हुनका लागि केन्द्रलाई बेलुकासम्म चिठ्ठी पठाउँछौँ’, रातोपाटीसँग जैसीले भने ।
नयाँ नेतृत्वको लागि अहिलेसम्म कुनै छलफल नभएको उनले जिकिर गरे । यद्यपि आफू महामन्त्रीमै दोहोरिएर सङ्गठनलाई थप मजबुद बनाउने चाहेको बताए । सभापति पदमा अहिलेसम्म वर्तमान सभापति ई.प्रकाश विष्ट आकाङ्क्षी देखिएका छन् ।
अधिवेशनबाट एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री (फरक लिङ्गको प्रतिनिधित्व हुनेगरी), एक कोषाध्यक्ष, एक प्रवक्ता सहित ४३ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण