हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
शुक्रबार, २९ जेठ २०८३, ०९ : ५८
हुम्ला । हुम्ला जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ । बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो सेवा प्रारम्भ भएको हो । बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए ।
उक्त सेवाअन्तर्गत रजस्वला र त्यसक्रममा हुने समस्या तथा तिनको निदान, परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भपतन, गर्भपात गराउन उत्पन्न हुने जटिल शारीरिक समस्या, मानसिक एवं प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई परामर्श पनि उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण