गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
बिहीबार, २८ जेठ २०८३, १६ : २५
सारांश
- प्रहरीले काठमाडौँको बौद्धबाट गुण्डागर्दीमा संलग्न आरोपमा सिन्धुपाल्चोक घर भएका श्याम लामालाई पक्राउ गरेको छ ।
- लामाले बौद्ध, थली र मुलपानी क्षेत्रमा गुण्डागर्दी गर्ने गरेको प्रहरीले जनाएको छ ।
- उनविरुद्ध यसअघि अपहरण, शरीर बन्धक र अभद्र व्यवहार सम्बन्धी ४ वटा मुद्दामा अनुसन्धान भएको भेटिएको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट गुण्डागर्दीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची घर भएका श्याम लामा छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
उनले बौद्ध, थली र मुलपानी क्षेत्रमा गुण्डागर्दी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
श्याम लामाविरुद्ध प्रहरीले २०७० भन्दा पछि ४ वटा मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको भेटिएको छ । अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार सम्बन्धी ३ वटा मुद्दामा उनलाई यसअघि अनुसन्धान गरिएको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
-
लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
-
१० बजे १० समाचार : रास्वपाका सांसदद्वारा सर्कुलर बेवास्ता, दीपक भट्टलगायतविरुद्ध मुद्दा
-
जापानकाे फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निष्कासन कार्य सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण