‘अहिलेको बजेटले २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सकिँदैनन्’
शुक्रबार, २९ जेठ २०८३, १३ : ३९
सारांश
- नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सरकारको अहिलेको विनियोजनले आगामी २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुने बताएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा २ वर्षभित्र सबै निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाको निर्माण सिद्ध्याउने लक्ष्य राखे पनि बजेटले त्यस्तो नदेखाएको उनले बताए ।
- मध्य पहाडी र कर्णाली राजमार्गको उदाहरण दिँदै उनले २ अर्ब र १ अर्बको बजेटले वर्षौँसम्म पनि आयोजना सम्पन्न हुन सम्भव नरहेको बताए ।
काठमाडौँ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सरकारको अहिलेको विनियोजनले आगामी २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा २ वर्षभित्र सबै निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाको निर्माण सिद्ध्याउने लक्ष्य राखे पनि बजेटले त्यस्तो नदेखाएको बताएका हुन् ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले बजेटमा कुनै कार्यक्रम समावेश नै नभएको र भएमा आयोजनामा पनि निकै कम बजेट विनियोजन भएको बताए । मध्य पहाडी र कर्णाली राजमार्गको उदाहरण दिँदै यसलाई २ अर्ब र १ अर्बको बजेटले वर्षौँसम्म पनि आयोजना सम्पन्न हुन सम्भव नरहेको बताए । उनले अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा ५ खर्ब बजेटको राखेको भन्दै यो समेत प्रस्ट हुन नसकेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
-
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
-
इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण