कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
सारांश
- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन र समसामयिक विषयमा संवाद गर्न ५ उपसमिति गठन गरेको छ।
- पार्टी सभापति गगन थापाको उपस्थिति र उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले डायस्पोरा, स्वास्थ्य, हिंसा सचेतना, सडक सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति बनाउने निर्णय गरेको हो।
- बैठकले विभिन्न व्यक्तिहरूलाई डायस्पोरा डाइलग, स्वास्थ्य बीमा र सेवामा पहुँच नीतिगत संवाद, घरेलु एवं डिजिटल हिंसा सचेतना, सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना, र खेलकुद नीति संवाद उपसमितिहरूको संयोजक तोकेको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन र समसामयिक विषयमा संवाद गर्न ५ उपसमिति गठन गरेको छ। जेठ २७ र २८ गते बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले ५ उपसमिति बनाउने निर्णय गरेको हो ।
पार्टी सभापति गगन थापाको उपस्थिति र उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले डायस्पोरा, स्वास्थ्य, हिंसा सचेतना, सडक सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति बनाउने निर्णय गरेको हो ।
बैठकले डा.यादव पण्डितलाई डायस्पोरा डाइलग उपसमिति, डा.अन्जनीकुमार झालाई स्वास्थ्य बीमा र सेवामा पहुँच नीतिगत संवाद उपसमितिमा, स्वीकृति पौडेललाई घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजक बनाएको छ ।
त्यस्तै, श्रीप्रसाद भलामीलाई सार्वजनिक यातायात र सडक सुरक्षा सचेतनाको संयोजकमा र विनोद दासलाई खेलकुद नीति संवाद उपसमितिमा संयोजक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
-
ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
-
काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
-
हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै
-
सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल
-
संविधान संशोधन गरेर जिससलाई अधिकार सम्पन्न बनाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण