शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला

शुक्रबार, २९ जेठ २०८३, १५ : ३९
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • ३१ वर्षअघिको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा जाने भएको छ ।
  • मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै सरकारी जग्गा संरक्षण गर्ने निर्णय गरेको छ ।
  • यस निर्णयसँगै काठमाडौँ महानगर क्षेत्रका १ हजार ८५९ रोपनी अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने बाटो खुलेको छ ।

काठमाडौँ । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा नआएको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई कार्यान्वयनमा जाने भएको छ । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतबाट सरकारको नाममा जारी गरेको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालिन काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको (१ हजार ८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ । 

त्यस्तै उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया अघि बढाउन सहज हुने देखिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप