शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदर्शन

रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर ‘जेन्जी आन्दोलन दबाब समूह’ को धर्ना

मुद्दा फिर्ता लिन माग
शुक्रबार, २९ जेठ २०८३, १३ : ४६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन चलिरहँदा बाहिर ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले धर्ना दिएको छ।
  • आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू फिर्ता गर्न र उनीहरूलाई न्याय दिलाउन माग गर्दै प्रदर्शनकारीहरूले नागरिक अधिकारको रक्षा गर्न आग्रह गरेका छन्।
  • माग सम्बोधन नभए थप सशक्त कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै रास्वपा अधिवेशनस्थल बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा चलिरहँदा बाहिर भने एउटा फरक दृश्य देखिएको छ। 

अधिवेशनको व्यस्तताकै बिच सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको छ। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू फिर्ता गर्न र उनीहरूलाई न्याय दिलाउन माग गर्दै यो समूहले प्रदर्शन गरेको हो।

genz dabab samuha (1)

धर्नामा सहभागी भएका प्रदर्शनकारीहरूले विभिन्न नारा र मागहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू राजनीतिक पूर्वाग्रहका आधारमा प्रेरित भएको दाबी गरेका छन्। शान्तिपूर्ण रूपमा भेला भएका युवाहरूले सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै नागरिक अधिकारको रक्षा गर्न आग्रह गरे।

genz dabab samuha (2)

प्रदर्शनका क्रममा उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने कुरामा जोड दिएका छन्। आन्दोलनमा संलग्न युवाहरूको मुद्दालाई तत्काल सम्बोधन नगरेसम्म आफूहरूको आवाज नरोकिने उनीहरूको भनाइ थियो। न्याय र मुद्दा फिर्ताको पक्षमा बुलन्द आवाज उठाउँदै उनीहरूले प्लेकार्डमार्फत आफ्ना मागहरू सार्वजनिक गरे।

genz dabab samuha (3)

प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भन्नका लागि आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। सुरक्षा कडाइका बिच भएको यो धर्ना कार्यक्रमले रास्वपाको अधिवेशनको आन्तरिक गतिविधि र प्रक्रियामा भने कुनै पनि प्रकारको अवरोध पुर्‍याएन।

genz dabab samuha (4)

आफ्ना मागहरूलाई लिएर निकै दृढ देखिएका प्रदर्शनकारीहरूले चेतावनी समेत दिएका छन्। सम्बन्धित पक्ष र सरकारबाट आफ्ना मागहरूको तत्काल सुनुवाइ नभएमा आगामी दिनमा थप सशक्त र दबाबमूलक कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दबाब समूहले दिएको छ।

genz dabab samuha (5)genz dabab samuha (6)genz dabab samuha (7)genz dabab samuha (8)genz dabab samuha (9)genz dabab samuha (10)genz dabab samuha (11)genz dabab samuha (12)genz dabab samuha (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप