शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
विश्वकप फुटबल

पहिलो पटक आमनेसामने हुन लागेका क्यानडा र बोस्‍निया-हर्जगोभिना

शुक्रबार, २९ जेठ २०८३, १८ : ३०
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत नेपाली समयअनुसार आज राति १२:४५ मा क्यानडा र बोस्निया-हर्जगोभिना आमनेसामने हुँदैछन् । यी दुई टोली अन्तर्राष्ट्रिय खेलमा एकापसमा पहिलोपटक भिड्न लागेका हुन् । 

टोरन्टोमा हुने यो भेट दुवै टोलीका लागि पहिलो परीक्षण हुनेछ । उनीहरूले यसअघि पुगेका दुई संस्करण (सन् १९८६ र २०२२)मा खेलेका सबै तीन खेलमा हार बेहोरेका थिए । तर पछिल्ला वर्षहरूमा दुवै टोलीले फुटबलमा उल्लेख्य प्रगति गरेका छन् । सन् २०१७ मा फिफा वरीयताको शीर्ष १०० बाहिर रहेको क्यानडा अहिले ३०औं स्थानमा उक्लिसकेको छ । 

क्यानडाको सम्भावित लाइनअप (४–४–२)

क्यानडाले प्रशिक्षक जेसी मार्सको नेतृत्वमा सामान्यतया आक्रामक र शारीरिक शैली अपनाउने अपेक्षा गरिएको छ ।

गोलकिपर : म्याक्सिम क्रेपो
डिफेन्डर : अलिस्टेयर जोनस्टन, लुस डि फोरेजोल्स, डेरिक कोर्नेलियस, रिची लारिया
मिडफिल्ड : ताजोन बुकानन, स्टेफेन युस्टाकियो, इस्माएल कोने, लियाम मिलर
फरवार्ड : जोनाथन डेभिड, साइले लारिन
विशेष आकर्षण : जोनाथन डेभिड टोलीको मुख्य गोलकर्ता हुन् भने डेभिड र लारिनको जोडी आक्रमणको प्रमुख हतियारका रुपमा मानिन्छन् ।

बोस्निया–हर्जगोभिनाको सम्भावित लाइनअप (४–४–२)

बोस्नियाको शैली अलिक डिफेन्सिभ हुने र काउन्टर–अट्याकमा आधारित हुने अपेक्षा गर्न सकिन्छ ।

सम्भावित सुरूवाती-११

गोलकिपर : निकोला भासिल्ज
डिफेन्डर : अमार डेडिच, निकोला काटिच, तारिक मुहारेमोभिच, सिद कोलासिनाच
मिडफिल्ड : एस्मिर बाजरमेटोभिच, बेन्जामिन ताहिरोभिच, इभान बासिच, अमार मेमिक
फरवार्ड : एर्मेडिन डेमिरोभिच, एडिन जेको

विशेष आकर्षण 

४० वर्षीय अनुभवी स्ट्राइकर एडिन जेको विपक्षीका लागि प्रमुख खतरा बन्न सक्छन् । बलियो रक्षापंक्ति र सेट–पिसमा निर्भर खेल शैलीले टोलीले आकर्षक खेल कौशल पस्किने अपेक्षा गर्न सकिन्छ ।

प्रमुख तथ्यांक र टिम फर्म

क्यानडा पछिल्ला वर्षहरूमा तीव्र सुधार गर्दै फिफा वरीयतामा शीर्ष ३० भित्र पुगेको छ । त्यस्तै, बोस्नियाले इटाली र वेल्सलाई हराउँदै विश्वकप छनोट भएको थियो । यही आत्मविश्वास उसले पस्किन सक्छ । क्यानडाको कमजोर पक्ष भनेको उसले पछिल्ला खेलहरूमा पर्याप्त गोल निकाल्न सकेको छैन भने बोस्निया–हर्जगोभिनामा पनि धेरै ड्र (बराबरी) गर्ने प्रवृत्ति हाबी देखिन्छ । 

कस्तो रहला नतिजा ?

फुटबल विश्लेषकहरूका अनुसार क्यानडा र बोस्निया-हर्जगोभिनाबिचको खेल निकै प्रतिस्पर्धात्मक हुन सक्छ । क्यानडा घरेलु मैदानमा आत्मविश्वासका साथ उत्रिनेछ । उसले पहिलो विश्वकप जित खोजिरहेको छ भने बोस्निया आफ्नो सीमित अनुभवलाई फैलाउन चाहन्छ । यदि क्यानडाको आक्रमण जोनाथन डेभिडको नेतृत्वमा चल्यो भने उनीहरूलाई फाइदा हुन सक्छ । तर बोस्नियाको अनुभवी डिफेन्स र जेकोको अनुभवले खेललाई सन्तुलित बनाउने सम्भावना पनि त्यत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप