शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घद्वारा राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

शुक्रबार, २९ जेठ २०८३, १८ : २१
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राखेपका नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यलाई शुक्रबार स्वागत गरेको छ ।
  • त्रिपुरेश्वरस्थित खेलाडी सङ्घको कार्यालयमा आयोजित कार्यक्रममा ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट र खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले पदाधिकारीलाई स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
  • पदाधिकारीहरूलाई ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घले आ-आफ्नो तर्फबाट मायाको चिनो पनि प्रदान गरेका थिए ।

काठमाडौँ । नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यलाई शुक्रबार स्वागत गरेको छ । 

त्रिपुरेश्वरस्थित खेलाडी सङ्घको कार्यालयमा संयुक्त आयोजित कार्यक्रममा ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घले पदाधिकारीलाई स्वागत गरेको हो ।

राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा राखेपका सदस्य सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घले आ–आफ्नोतर्फबाट मायाको चिनो पनि प्रदान गरेका थिए ।  

उनीहरूसँगै बोर्ड सदस्यमा नियुक्त मोनालिसा खम्बू भने रोहिंग्या शरणार्थी समुदायलाई चेस प्रशिक्षण दिनका लागि बिहीबार बङ्गलादेश प्रस्थान गरेकाले कार्यक्रममा उपस्थित थिइनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप