दुर्घटना
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
शुक्रबार, २९ जेठ २०८३, १५ : २७
सारांश
- काभ्रेको बुचाकोटमा बस दुर्घटना भएको छ ।
- बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।
- दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । काभ्रेको बुचाकोटमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए ।
नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा दुर्घटनामा परेकाे बस बिपी रागमार्गबाट करिब २ सय मिटर तल खसेको छ।
अरनिको यातायातको उक्त बसमा २५/३० जना सवार रहेको अनुमान गरिएको छ । प्रहरीले उद्धारकार्य गरिरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण