पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति
सारांश
- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
- ज्ञवालीले अर्थमन्त्री वाग्लेको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताउँदै मिडिया लोकतन्त्रका पहरेदार भएको उल्लेख गरेका छन्।
- उनले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गर्दै यसले थप गम्भीर प्रश्न खडा गर्ने बताएका छन्।
काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्री वाग्लेको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताए। “कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,” उनले लेखेका छन्।
उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै संसद्को अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताए। उक्त परिवर्तनले राजस्व संरचनामा ठुलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको उनले दाबीसमेत गरे।
ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गरेका छन्। पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
“त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र ?” भन्दै ज्ञवालीले लेखेका छन्, “तर यस्तो उत्तेजनाले तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?”
अर्थमन्त्री वाग्लेको पछिल्लो अभिव्यक्तिपछि आर्थिक विधेयक र करसम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारको ‘दिल परानी’
-
इप्पानको अधिवेशनमा किन छ विवाद ?
-
अदालतले रोक लगाउँदा रक्षाको बेरुजु बढ्यो, कागजपत्र नपाउँदा वन मन्त्रालय समस्यामा
-
‘सरकारले अब मान्छे मरेपछि मृत्यु कर लगाउन मात्र बाँकी छ’
-
प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी दुई वटा प्रोटोकल पेस
-
परराष्ट्र मन्त्रालयमा २ अर्ब ८५ करोड बेरुजु: आगामी आर्थिक वर्षमा ६१ प्रतिशत फर्स्योट गर्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण