काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
शुक्रबार, २९ जेठ २०८३, १६ : ०३
सारांश
- बीपी राजमार्गको बुचाकोटमा शुक्रबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
- दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
- घाइतेहरूको उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ।
काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुचाकोटमा शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका १७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ । ‘घाइतेको धुलिखेल अस्पतालमा उपचार सुरु भएको छ,अन्य घाइतेको उद्धार जारी छ’,काभ्रे प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण