नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
शुक्रबार, २९ जेठ २०८३, १८ : ०५
सारांश
- आवश्यक योग्यता नै नभई चिकित्सा अभ्यास गर्ने एक व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीका लागि सीआईबीलाई पत्र पठाइएको छ।
- नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार ती व्यक्तिविरुद्ध नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ बमोजिम कारबाही गर्न सीआईबीलाई पत्र पठाइएको हो।
- सो ऐनको दफा २७ अनुसार गैरकानुनी रूपमा चिकित्सा सेवा प्रवाह गर्नेलाई ३ वर्षसम्म कैद वा ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
काठमाडौँ । आवश्यक चिकित्सकीय योग्यता नै नभई आधुनिक चिकित्सा पद्धतिद्वारा बिरामीहरूको रोग निदान तथा उपचार कार्यमा संलग्न रहेका एक व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)मा पत्राचार गरिएको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार योग्यताविना नै चिकित्सा अभ्यास गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएपछि ती व्यक्तिविरुद्ध नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ बमोजिम कानुनी कारबाही अघि बढाउन सीआईबीलाई शुक्रबार पत्र पठाइएको हो।
उक्त ऐनको दफा २७ अनुसार गैरकानुनी रूपमा चिकित्सा सेवा प्रवाह गर्नेलाई ३ वर्षसम्म कैद वा ३ हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
-
फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण