शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बालुवामा पुरिएर मजदुरको मृत्यु

शनिबार, ३० जेठ २०८३, १३ : २८
शनिबार, ३० जेठ २०८३

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए । उक्त स्थानमा मजदूर नभएको ठानेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप