रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ।
- प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, डा. राजकुमार सुबेदी, गणेश पौडेल, मधु अर्याल, मञ्जु भुसाल तथा अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने भएको हो।
प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, डा. राजकुमार सुबेदी, गणेश पौडेल, मधु अर्याल, प्रतिनिधिसभा सदस्य मञ्जु भुसाल तथा अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभन्दा बढी उम्मेदवारी परेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाबाट आएका ८ सय ४३ जना प्रदेश प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
शनिबार दाङमा आयोजित अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका भूपदेव शाहले निर्वाचनमार्फत सरकारमा पुग्न सफल भए पनि पार्टीलाई अझै संस्थागत, व्यवस्थित र सशक्त बनाउन धेरै काम गर्न बाँकी रहेको बताए। उनले आगामी महाधिवेशनबाट सक्षम नेतृत्व चयन भई पार्टी र मुलुकलाई प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरे।
त्यसैगरी, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भए पनि पार्टीलाई सही दिशा दिन नसक्ने नेतृत्वले जिम्मेवारीबाट पछि हट्न सक्नुपर्ने धारणा राखे। उनले नेतृत्वको आकांक्षा राख्ने कार्यकर्तालाई धैर्यतापूर्वक संगठन निर्माणमा निरन्तर सक्रिय रहन आग्रह गरे।
निर्वाचन समितिले आवश्यक तयारी पूरा गरिसकेकाले मतदान प्रक्रिया सुरु गरिने जनाएको छ। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी कार्यकालमा लुम्बिनी प्रदेशमा पार्टी संगठन विस्तार तथा सुदृढीकरणको जिम्मेवारी सम्हाल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण