२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् ।
- उत्सव अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई २ मतको भारी अन्तरले पराजित गरेका हुन् ।
- निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे भने डा. लामिछानेले ४१४ मत प्राप्त गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे ।
प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए । सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरि बहादुर खत्री (रामेछाप) बिच प्रतिस्पर्धा भएको थियो । जसमा अर्यालले बाजी मारेका हुन् ।
केन्द्रीय संगठन विभाग उपप्रमुख श्रेष्ठका अनुसार सभापति पदको टुङ्गो लागे पनि अन्य पदाधिकारीहरूको चयनका लागि भने अहिले दोस्रो चरणको निर्वाचन प्रक्रिया चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण