आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रत्न आभूषण संघमा बेगानी निर्विरोध

आइतबार, ३१ जेठ २०८३, ११ : १७
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नेपाल रत्न तथा आभूषण संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट शक्तिकुमार बेगानी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
  • १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
  • वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, उपाध्यक्षहरूमा निभारत्न शाक्य र सचिन गुप्ता, महासचिवमा प्रवीण शाक्य, सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्विरोध भएका छन् ।

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् । 

१५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी दिए । बेगानीका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रत्यम उपाध्यक्षमा निभारत्न शाक्य, द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध भएका छन् । 

महासचिवमा प्रवीण शाक्य सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप