मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पूर्वाधार विकास समिति

सांसद वासना थापाको माग: 'मेरा कुरा मन्त्रीलाई नै सुनाउने हो, उहाँलाई उपस्थित गराइयोस्'

मङ्गलबार, ०२ असार २०८३, १० : २२
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • पूर्वाधार विकास समितिको बैठकमा सांसद वासना थापाले मन्त्री सुनिल लम्सालको अनिवार्य उपस्थितिको माग गरेकी छन्।
  • सांसद थापाले आफूले उठाउन लागेका विषयवस्तु मन्त्रीलाई नै सुनाउनुपर्ने भएकाले तत्काल उपस्थित गराउन आग्रह गरेकी हुन्।
  • मन्त्री नआएसम्म नबोल्ने अडान लिएपछि समिति सभापतिले मन्त्री लम्साललाई फोन गरेर बोलाउने जवाफ दिए।

काठमाडौँ ।पूर्वाधार विकास समितिको बैठकमा सांसद वासना थापाले पूर्वाधार विकास  मन्त्री सुनिल लम्सालको अनिवार्य उपस्थितिको माग गरेकी छन्। बैठकमा आफ्नो धारणा राख्ने पालो आएपछि सभापतिलाई सम्बोधन गर्दै सांसद थापाले आफूले उठाउन लागेका विषयवस्तु मन्त्रीलाई नै सुनाउनुपर्ने भएकाले तत्काल उपस्थित गराउन आग्रह गरेकी हुन्।

बैठकमा बोल्दै सांसद थापाले भनिन्, 'हाम्रो कुरा राख्ने बेलामा मन्त्रीज्यू आइदिए राम्रो हुन्थ्यो। उहाँहरूका (अन्य सदस्य/सरोकारवाला) कुरा त सुनियो, अब हाम्रो कुरा पनि मन्त्रीज्यूलाई नै राख्न पाउनुपर्थ्यो।'

संसदको बैठक (सदन) पनि छिट्टै सुरु हुन लागेको र आफू अर्को बैठकमा समेत जानुपर्ने भएकाले समय अभाव रहेको जनाउँदै उनले मन्त्रीको उपस्थिति बिना आफूले नबोल्ने अडान राखेकी थिइन्।

'आजको मेरो विषय नै मन्त्रीज्यूलाई सुनाउने अत्यन्तै महत्त्वपूर्ण विषय हो। १५/२० मिनेटको कुरा हो, मैले बोल्नुभन्दा अगाडि उहाँलाई ल्याइदिनुपर्‍यो,' सांसद थापाले सभापतिसँग माग गर्दै भनिन्। बैठकको सुरुवातमै सभापति आशिष गजुरेलले मन्त्री आउने जानकारी गराएको स्मरण गराउँदै उनले कार्यक्रमको बीचमै अवरोध गर्न नचाहेर आफूहरूले कुरिरहेको स्पष्ट पारेकी थिइन्।

सांसद थापाले मन्त्री नआएसम्म नबोल्ने अडान लिएपछि समिति सभापतिले मन्त्री लम्साललाई फोन गरेर बोलाउने र त्यतिन्जेलसम्म अन्य छलफल अगाडि बढाउँदै गर्ने जवाफ दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप