पासपोर्ट विभागका डीजीलाई सुरुमा प्रधानमन्त्री कार्यालयमा बोलावट, त्यसपछि अख्तियारको जिम्मा
सारांश
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको हिरासतमा छन् ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि अर्याललाई अख्तियारको जिम्मा लगाएको छ ।
- राहदानी खरिद प्रकरणमा अनियमितताको अनुसन्धानका क्रममा अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरिएको हो ।
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अहिले अख्तियारको हिरासतमा छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि अख्तियारको जिम्मा लगाएको उच्च स्रोतले पुष्टि गरेको छ ।
अर्याललाई सोमबार बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो । उनलाई पासपोर्ट खरिद प्रकरणको फाइल लिएर आउन भनिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई मध्यान्ह १२ बजेतिर प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।
प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र आयोगबाट खटिएका अनुसन्धान अधिकृतहरूले दिनभर फाइल अध्ययन गरेपछि हिजो साँझ अर्याललाई अख्तियारको जिम्मा लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
साँझ ९ बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगमा कार्यरत सुरक्षाकर्मीले पक्राउ गरेर लगेका हुन् । अख्तियारले पासपोर्ट खरिदमा अनियमितता भएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण