मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

टुँडिखेलमा धमाधम सारिँदै छ दुबो (तस्बिरहरू)

मङ्गलबार, ०२ असार २०८३, १२ : ५५
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको टुँडिखेलमा अहिले 'टुँडिखेल हरियाली कार्यक्रम' अन्तर्गत दुबो सार्ने काम भइरहेको छ ।
  • यो अभियानले धूलो उड्ने, घाँसविहीन र उजाड देखिने टुँडिखेलको स्वरूपलाई परिवर्तन गरी हराभरा बनाउने लक्ष्य राखेको छ ।
  • काठमाडौँ महानगरपालिकाको सक्रियतामा सुरु भएको यस कार्यक्रममा नियमित सिँचाइ, संरक्षण र व्यवस्थापनको पनि व्यवस्था गरिनेछ ।

काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको टुँडिखेलमा अहिले दुबो सार्ने काम धमाधम भइरहेको छ । ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत यहाँको खुल्ला मैदानमा दुबो रोप्ने काम चलिरहेको हो । अत्यधिक धूलो उड्ने, घाँसविहीन रहने र कतिपय स्थानमा उजाड देखिने टुँडिखेलको स्वरूपलाई परिवर्तन गरी हराभरा बनाउन यो अभियान अघि बढाइएको हो ।

दैनिक रूपमा करिब २ दर्जन कामदार खटाएर यहाँ दुबो सार्ने काम भइरहेको छ । बलौटे माटो छुटाउनेदेखि दुबोका बेर्ना काट्नेदेखि, माटो सम्म्याउने, रोलर लगाउने र माटोले पुर्नेसम्मको काम धमाधम भइरहेको छ । पहिला दुबो सार्न सुरु गरिएको टुँडिखेलको भृकुटीमण्डप तर्फको भाग हरियो भइसकेको छ भने अहिले एनएसी तर्फ दुबो सार्ने काम भइरहेको छ ।

01-IMG_1734

काठमाडौँ महानगरको सक्रियतामा सुरु भएको यो कार्यक्रम अन्तर्गत दुबो रोपेर मात्र नछोडिने र यसको दिगोपनका लागि नियमित सिँचाइ, उचित संरक्षण र दीर्घकालीन व्यवस्थापनको काम पनि सँगसँगै गरिने जनाइएको छ ।

02-IMG_1742

नेपालमा मनसुन सुरु हुने समय आइसकेको कारणले पनि अहिले यहाँको काम तीव्र गतिमा अघि बढाइएको छ । सामान्यतः वर्षायाम अघिको समय दुबो रोप्नका लागि प्राविधिक रूपमा सबैभन्दा उपयुक्त मानिन्छ । बर्सातको पानीले दुबो सजिलै सर्ने र राम्रोसँग फैलिने भएकाले काम धमाधम अघि बढाइएको हो ।

03-IMG_175404-IMG_175705-IMG_177306-IMG_178307-IMG_178608-IMG_1790 (1)09-IMG_179010-IMG_179511-IMG_152812-IMG_180513-IMG_180614-IMG_153215-IMG_180816-IMG_154917-IMG_1562

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप