जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज
सारांश
- जापानको केन्द्रीय बैंकले ३१ वर्षयता पहिलो पटक प्रमुख ब्याजदर बढाएर १ प्रतिशतमा पुर्याएको छ ।
- विश्वभर ऊर्जाको भाउ र इरान युद्धका कारण जीवनयापन खर्च बढेपछि यो निर्णय आएको हो ।
- अर्थशास्त्रीका अनुसार जापान २० वर्षको अपस्फीतिपछि मुद्रास्फीतिको अपसाइकलमा रहेको र अब सामान्य मौद्रिक नीतिमा फर्किन चाहेको छ ।
टोकियो । जापानको केन्द्रीय बैंकले प्रमुख ब्याजदर बढाएको छ । विश्वभर ऊर्जाको भाउमा भइरहेको वृद्धिपछि ३१ वर्षयता पहिलो पटक बैंक अफ जापान (बेओजे)ले नीतिगत दर शून्य दशमलव ७५ प्रतिशतले बढाएर १ प्रतिशतमा पुर्याएको छ ।
इरान युद्धका कारण जीवनयापन खर्च बढेपछि विश्वभर केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेको बेलामा यो निर्णय आएको हो । सम्पत्ति र शेयर लगायत सम्पत्तिको मूल्य वृद्धिको फोका फुटेपछि उत्पन्न अस्तव्यस्ततासँग लड्न १९० को दशकमा जापानले आक्रामक रुपमा ब्याजदर घटाएको थियो ।
अपस्फीति र वृद्धिदर स्थिर रहेकोले झन्डै २ दशकसम्म जापानमा ब्याजदर शून्यको स्तर नजिक रह्यो । २० वर्षको अफस्फीतिपछि जापान अहिले मुद्रास्फीतिको अपसाइकलमा रहेको अर्थशास्त्री जेस्पर कोलले बीबीसीलाई भने । जापानमा अब आकस्मिक वा संकट व्यवस्थापन गर्ने मौद्रिक नीति नचाहिएकोले बीओजे सामान्य मौद्रिक नीतिमा फर्किन चाहेको उनले बताए ।
पछिल्लो समय मुद्रास्फीति घटाउने दबाबमा बीओजे थियो । इरान युद्धका कारण जापानमा महँगी बढेको छ । मेमा एक वर्ष अघिको तुलनामा खुद्रा मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको थियो । यो दर ३ वर्षयताकै तीव्र हो । तर समग्रमा भने मुद्रास्फीति दर अप्रिल १ दशमलव ४ प्रतिशत थियो । यो बीओजेको २ प्रतिशतको लक्ष्यभन्दा कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण