मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज

मङ्गलबार, ०२ असार २०८३, ११ : ४१
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • जापानको केन्द्रीय बैंकले ३१ वर्षयता पहिलो पटक प्रमुख ब्याजदर बढाएर १ प्रतिशतमा पुर्‍याएको छ ।
  • विश्वभर ऊर्जाको भाउ र इरान युद्धका कारण जीवनयापन खर्च बढेपछि यो निर्णय आएको हो ।
  • अर्थशास्त्रीका अनुसार जापान २० वर्षको अपस्फीतिपछि मुद्रास्फीतिको अपसाइकलमा रहेको र अब सामान्य मौद्रिक नीतिमा फर्किन चाहेको छ ।

टोकियो । जापानको केन्द्रीय बैंकले प्रमुख ब्याजदर बढाएको छ । विश्वभर ऊर्जाको भाउमा भइरहेको वृद्धिपछि ३१  वर्षयता पहिलो पटक बैंक अफ जापान (बेओजे)ले नीतिगत दर शून्य दशमलव ७५ प्रतिशतले बढाएर १ प्रतिशतमा पुर्‍याएको छ ।

इरान युद्धका कारण जीवनयापन खर्च बढेपछि विश्वभर केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेको बेलामा यो निर्णय आएको हो । सम्पत्ति र शेयर लगायत सम्पत्तिको मूल्य वृद्धिको फोका फुटेपछि उत्पन्न अस्तव्यस्ततासँग लड्न १९० को दशकमा जापानले आक्रामक रुपमा ब्याजदर घटाएको थियो । 

अपस्फीति र वृद्धिदर स्थिर रहेकोले झन्डै २ दशकसम्म जापानमा ब्याजदर शून्यको स्तर नजिक रह्यो । २० वर्षको अफस्फीतिपछि जापान अहिले मुद्रास्फीतिको अपसाइकलमा रहेको अर्थशास्त्री जेस्पर कोलले बीबीसीलाई भने । जापानमा अब आकस्मिक वा संकट व्यवस्थापन गर्ने मौद्रिक नीति नचाहिएकोले बीओजे सामान्य मौद्रिक नीतिमा फर्किन चाहेको उनले बताए ।

पछिल्लो समय मुद्रास्फीति घटाउने दबाबमा बीओजे थियो । इरान युद्धका कारण जापानमा महँगी बढेको छ । मेमा एक वर्ष अघिको तुलनामा खुद्रा मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको थियो । यो दर ३ वर्षयताकै तीव्र हो । तर समग्रमा भने मुद्रास्फीति दर अप्रिल १ दशमलव ४ प्रतिशत थियो । यो बीओजेको २ प्रतिशतको लक्ष्यभन्दा कम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप