टुँडिखेलमा धमाधम सारिँदै छ दुबो (तस्बिरहरू)
सारांश
- सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको टुँडिखेलमा अहिले 'टुँडिखेल हरियाली कार्यक्रम' अन्तर्गत दुबो सार्ने काम भइरहेको छ ।
- यो अभियानले धूलो उड्ने, घाँसविहीन र उजाड देखिने टुँडिखेलको स्वरूपलाई परिवर्तन गरी हराभरा बनाउने लक्ष्य राखेको छ ।
- काठमाडौँ महानगरपालिकाको सक्रियतामा सुरु भएको यस कार्यक्रममा नियमित सिँचाइ, संरक्षण र व्यवस्थापनको पनि व्यवस्था गरिनेछ ।
काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको टुँडिखेलमा अहिले दुबो सार्ने काम धमाधम भइरहेको छ । ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत यहाँको खुल्ला मैदानमा दुबो रोप्ने काम चलिरहेको हो । अत्यधिक धूलो उड्ने, घाँसविहीन रहने र कतिपय स्थानमा उजाड देखिने टुँडिखेलको स्वरूपलाई परिवर्तन गरी हराभरा बनाउन यो अभियान अघि बढाइएको हो ।
दैनिक रूपमा करिब २ दर्जन कामदार खटाएर यहाँ दुबो सार्ने काम भइरहेको छ । बलौटे माटो छुटाउनेदेखि दुबोका बेर्ना काट्नेदेखि, माटो सम्म्याउने, रोलर लगाउने र माटोले पुर्नेसम्मको काम धमाधम भइरहेको छ । पहिला दुबो सार्न सुरु गरिएको टुँडिखेलको भृकुटीमण्डप तर्फको भाग हरियो भइसकेको छ भने अहिले एनएसी तर्फ दुबो सार्ने काम भइरहेको छ ।

काठमाडौँ महानगरको सक्रियतामा सुरु भएको यो कार्यक्रम अन्तर्गत दुबो रोपेर मात्र नछोडिने र यसको दिगोपनका लागि नियमित सिँचाइ, उचित संरक्षण र दीर्घकालीन व्यवस्थापनको काम पनि सँगसँगै गरिने जनाइएको छ ।

नेपालमा मनसुन सुरु हुने समय आइसकेको कारणले पनि अहिले यहाँको काम तीव्र गतिमा अघि बढाइएको छ । सामान्यतः वर्षायाम अघिको समय दुबो रोप्नका लागि प्राविधिक रूपमा सबैभन्दा उपयुक्त मानिन्छ । बर्सातको पानीले दुबो सजिलै सर्ने र राम्रोसँग फैलिने भएकाले काम धमाधम अघि बढाइएको हो ।





_I4dxu56hFx.jpg)









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण