कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द
सारांश
- कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।
- सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
- परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काठमाडौँ । कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) सार्वजनिक गरेको नतिजा अनुसार कुल परीक्षार्थी मध्ये एक लाख चार सय ७१ जना नन ग्रेडेड भएका हुन् ।
सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । यस्तै, ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । दुई जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको बोर्डले जनाएको छ ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमित तर्फ ३ लाख ३२ हजार २ सय ४१ र आशींकतर्फ ८५ हजार ९२९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षा गत वैशाख १४ गते देखि सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
-
६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)
-
काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरी
-
कोशीका कानुनमन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण