मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन

मङ्गलबार, ०९ असार २०८३, १२ : १४
मङ्गलबार, ०९ असार २०८३

काठमाडौं । प्रथम ‘लुम्बिनी लोक तारा २०८३’को विजेता समीर पुन भएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सोमबार कपिलवस्तुमा सम्पन्न फाइनल प्रतियोगीताका विजेता पुनले ५२ हजार २२२ नगद सहित प्रमाणपत्र र ट्रफ प्राप्त गरे ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट लोकताराका रुपमा छनोट भई सहभागी विभिन्न ग्रुपहरू बिच भएको प्रतियोगितामा बसन्ता खनाल दोस्रो र ज्ञानु परियार तेस्रो भए । उनीहरूले क्रमशः ३२ हजार २२२ र २२ हजार २२२ हजार नगदका साथै प्रमाणपत्र र ट्रफ समेत प्राप्त गरे । विजेतालाई लोक तथा दोहोरी गति प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, सल्लाहकार खेम हमाल, उपाध्यक्ष राधिका हमाल, प्रदेश अध्यक्ष दामोदर बस्याललगायतले पुरस्कार प्रदान गरे ।

लोक गायक राजु परियार, ओम ज्ञवाली लगायत निर्णायक रहेको प्रतियोगिताको कार्यक्रम संयोजक उज्ज्वल गिरी रहेको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप