मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू

मङ्गलबार, ०९ असार २०८३, १५ : १७
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ।
  • पौडेललाई माइतीघर स्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको छ।
  • सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ।

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारी वकिलको कार्यालयमा लगिएको छ। उनलाई माइतीघर स्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको हो। 

सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो ।

bishnu (2)bishnu (3)bishnu (4)bishnu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप