पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कोलम्बिया र कङ्गो लोकतान्त्रिक गणराज्यबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
- कोलम्बियाले खेलमा सुरुदेखि नै बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन।
- कङ्गोले रक्षात्मक अनुशासन कायम राख्दै पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया र कङ्गो लोकतान्त्रिक गणराज्यबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा जारी खेलमा कोलम्बियाले सुरुदेखि नै बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। लुइस डियाज, जेम्स रोड्रिगेजलगायतका खेलाडीले अवसर सिर्जना गरे पनि कङ्गोका गोलरक्षक लियोनल म्पासी र रक्षापंक्तिले मजबुत प्रदर्शन गरे।

पहिलो २० मिनेटमै कोलम्बियाले लक्ष्यतर्फ पाँच प्रहार गरेको थियो, जुन यस विश्वकपमा कुनै पनि टोलीले पहिलो २० मिनेटमा गरेको सबैभन्दा धेरै प्रयास हो। तर ती प्रयास गोलमा परिणत हुन सकेनन्।

कङ्गो लोकतान्त्रिक गणराज्यले पनि केही खतरनाक अवसर सिर्जना गर्यो। योआने विस्सा र सेड्रिक बाकाम्बुले कोलम्बियाली रक्षालाई दबाबमा राख्ने प्रयास गरे पनि सफलता हात लागेन।
कोलम्बिया खेलमा हाबी देखिए पनि कङ्गोले रक्षात्मक अनुशासन कायम राख्दै पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण