बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास

बुधबार, १० असार २०८३, ०९ : ३२
बुधबार, १० असार २०८३

सारांश

  • पाकिस्तानको बलुचिस्तानमा बेपत्ता व्यक्तिका पक्षमा अभियान चलाउने अभियन्ता महरंग बलोचलाई अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
  • बलुचिस्तान युनिटी कमिटी (बीवाईसी) की नेतृ बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको अभियोगमा दोषी ठहर गरिएको हो ।
  • बलोचले आरोप अस्वीकार गरेकी छन् र मानवअधिकारकर्मीहरूले फैसला निष्पक्ष नभएको दाबी गर्दै पाकिस्तान मानवअधिकार आयोगले पुनरावलोकनको माग गरेको छ ।

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा अभियान चलाउँदै आएकी मानवअधिकार अभियन्ता महरंग बलोचलाई २०२४ मा भएको एक प्रदर्शनका क्रममा अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

बलुचिस्तान युनिटी कमिटी (बीवाईसी)की नेतृ महरंग बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई हत्या तथा आतंकवादसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजन पक्षले उनीहरूले ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको आरोप लगाएको थियो ।

महरंग बलोचले आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरू र उनका कानुनी प्रतिनिधिहरूले अदालतको फैसला निष्पक्ष नभएको दाबी गरेका छन् ।

पाकिस्तान मानवअधिकार आयोगले पनि उक्त निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । महरंग बलोच बीबीसीको ‘१०० महिला २०२४’ सूचीमा समेत परेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप