एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
सारांश
- करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन्।
- चौथो संस्करणको एनओसी अवार्ड समारोहमा पुरुषतर्फ विजय र महिलातर्फ एरिकालाई वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो।
- यसका साथै उत्कृष्ट प्रशिक्षक, खेल संघ, युवा खेलाडी र खेल पत्रकारिता क्षेत्रका उत्कृष्ट पत्रकारहरूलाई पनि सम्मान गरिएको छ।
काठमाडौँ । करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले काठमाडौँको ठमेलमा आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड समारोहमा पुरुषतर्फ विजय र महिलातर्फ एरिकालाई वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो।
नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक, संघ तथा खेल पत्रकारहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको विधामा करातेका कुशल श्रेष्ठ सम्मानित भए। यसैगरी उत्कृष्ट खेल संघको अवार्ड नेपाल कराते संघले हात पार्न सफल भयो। युवा खेलाडीतर्फ महिला विधामा टेनिसकी सिभाली गुरुङ र पुरुष विधामा बक्सिङका नोर्बु थेन्डुप शेर्पा उत्कृष्ट चुनिए।
खेल पत्रकारिता क्षेत्रतर्फ उत्कृष्ट स्पोट्र्स जर्नालिस्ट (लेखन) अवार्ड अजय फुयालले हात पारे। यस्तै फोटो पत्रकारको अवार्ड सुदर्शन रञ्जितले प्राप्त गर्दा उत्कृष्ट अनलाइन पत्रकारको अवार्डबाट सरिता श्रेष्ठ पुरस्कृत भइन्। सम्मानित खेलाडी तथा व्यक्तित्वहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे।
उक्त समारोहमा नेपाली खेलकुदको विकास र योगदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई पनि ‘प्रेसिडेन्ट रिकग्निसन’ बाट विशेष सम्मान प्रदान गरिएको थियो। विशेष सम्मान पाउनेहरूमा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष, शरदचन्द साह मेमोरियल फाउण्डेसन, थन्डर बोल्ट्स एकेडेमी तथा बागमती प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य–सचिव सूर्यलाल भण्डारी रहेका छन्।
एनओसीले खेलाडी, प्रशिक्षक, खेल संघ र खेल पत्रकारिताको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण