बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
सारांश
- काठमाडौँ महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ।
- फाइनल खेलमा बाँसबारीले साइपाल एकेडेमीलाई ४-१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो।
- प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए र बाँसबारीका विवेक मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ।
बालुवाटारमा मंगलबार सम्पन्न फाइनल खेलमा साइपाल एकेडेमीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै बाँसबारी प्रतियोगिताको च्याम्पियन बनेको हो।
उपाधि भिडन्तमा पुग्नुअघि सेमिफाइनलमा बाँसबारीले ब्रुकलिन इन्टरनेसनल सेकेन्डेरी स्कुललाई ७–१ को भारी अन्तरले हराएको थियो। अर्को सेमिफाइनल खेलमा साइपालले युनिभर्सल इंग्लिस स्कुललाई ३–२ ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको थियो।
प्रतियोगितामा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ब्रुकलिनले युनिभर्सललाई १–० ले पराजित गर्यो। नकआउटका आधारमा सञ्चालन गरिएको यस प्रतियोगितामा जम्मा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए।
प्रगतिशील प्रतिस्पर्धापछि काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश महर्जन लगायतका अतिथिहरूले विजेता टिम तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बाँसबारी माध्यमिक विद्यालयका विवेक मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। यसैगरी साइपाल एकेडेमीका आदित्यकुमार मिश्रले उत्कृष्ट गोलकिपरको पुरस्कार हात पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण