फिल्म ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने
सारांश
- अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ आगामी असोज २ गते प्रदर्शन हुने भएको छ ।
- यसअघि साउन १ गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र सरेर असोजमा पुगेको हो ।
- पूर्वी नेपालका धनकुटा, सुनसरीको वराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा छायाङ्कन गरिएको यो चलचित्र एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्छ ।
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले बुधबार चलचित्रको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गते प्रदर्शन हुने जानकारी दिएको हो ।
यसअघि साउन १ गतेबाट प्रदर्शनमा आउने बताइएको चलचित्र सरेर असोजमा पुगेको हो । सार्वजनिक चलचित्रको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले चलचित्र प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।
एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्ने चलचित्रको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थलहरू धनकुटा, सुनसरीको वराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा गरिएको हो । राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा जितु र प्रियनाका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । चलचित्रको कार्यकारी निर्मातामा अनन्त राई हुन् ।
सबिन अधिकारी र शङ्कर धितालले लेखेको चलचित्रमा किरण दाहालको द्वन्द्व, दिप्सन लिम्बुको सङ्गीत छ । चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्मस्का तर्फबाट गोविन्द शाहीले र उपत्यका बाहिर कुबेर फिल्मस्ले बजार व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्लको उपन्यास ‘अनुराधा’माथि फिल्म बनाउँदै उदय
-
नीरव मोदीलाई बेलायती अदालतको ठुलो झट्का
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण