रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपमा मोरक्कोका तर्फबाट हाइटीविरुद्ध मैदान उत्रिँदा ब्राहिम डियाज सबैको नजरमा पर्ने खेलाडी हुनेछन् ।
प्राविधिक रूपमा अब्बल यी आक्रामक मिडफिल्डर मोरक्कोको सबैभन्दा सिर्जनशील र खतरनाक हतियार बनेका छन् । युरोपेली फुटबलको उच्चस्तरमा बटुलेको अनुभव, उत्कृष्ट ड्रिब्लिङ क्षमता र खेलप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई विशेष बनाएको छ ।
डियाजलाई हेर्नैपर्ने मुख्य कारण अट्याकिङ थर्डमा उनको उत्कृष्ट सिर्जनात्मक क्षमता हो । सेन्ट्रल अट्याकिङ मिडफिल्डर, विङ्गर वा सेकेन्ड स्ट्राइकरका रूपमा खेल्न रुचाउने उनी एउटै पास वा कलाबाट विपक्षीको रक्षापङ्क्ति तोड्न सक्छन् । हाइटीले रक्षात्मक रणनीति अपनाएर खेल्ने सम्भावना रहेकाले मोरक्कोलाई विपक्षीको डिफेन्स लाइन भत्काउन सक्ने खेलाडीको खाँचो पर्नेछ । यस्तो अवस्थामा डियाज निकै माहिर मानिन्छन् । बलमाथिको उत्कृष्ट नियन्त्रण, तीव्र गति र साँघुरो ठाउँमा पनि खेल्न सक्ने क्षमताले गर्दा विपक्षीलाई उनलाई मार्क गर्न निकै गाह्रो हुन्छ ।
सन् २०२६ को उनको पहिलो विश्वकप हो । अनुभव नभए पनि उनले युरोपेली च्याम्पियन्स लिगजस्ता उच्चस्तरका क्लब प्रतियोगिताबाट त्यसको भरपाई गरेका छन् ।
मोरक्कोको राष्ट्रिय टोली अर्थात् ‘एटलस लायन्स’ रोजेपछि उनी टोलीका निकै महत्त्वपूर्ण सदस्य बनेका छन् । सन् २०२६ को विश्वकप सुरु हुनुअघिसम्म उनले मोरक्कोका लागि १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दै ८ भन्दा बढी गोल गरिसकेका छन् । उनको यो सुरुवाती लयले टोलीमा उनको प्रभावलाई प्रस्ट पार्छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै विपक्षीविरुद्ध गोल गर्न सक्ने उनले धेरै महत्त्वपूर्ण खेलमा निर्णायक मोड ल्याएका छन् । मोरक्कोका अन्य आक्रामक खेलाडीसँगको उनको तालमेलले टोलीलाई थप बलियो बनाएको छ ।

क्लब फुटबलमा पनि डियाजले युरोपका ठुला क्लबबाट खेल्दै सानदार करियर बनाएका छन् । व्यावसायिक फुटबल म्यानचेस्टर सिटीबाट सुरु गरेका उनी रियल मड्रिड पुगेका थिए भने लोनमा एसी मिलानमा पनि सफल समय बिताएका थिए । सन् २०२६ को विश्वकपअघिसम्म आफ्नो सिनियर क्लब करिअरमा उनले २ सय ५० भन्दा बढी खेल खेल्दै ५० भन्दा बढी गोल र ३५ भन्दा बढी असिस्ट गरिसकेका छन् । विशेषगरी रियल मड्रिडमा बिताएको समय उनका लागि निकै महत्त्वपूर्ण रह्यो । विश्वकै बलियोमध्ये एक टोलीमा पर्न गरिएको सङ्घर्षले उनको रणनीतिक बुझाइ र मानसिकतालाई निकै तिखारेको छ, जुन विश्वकप जस्तो ठुलो मञ्चमा अमूल्य साबित हुनेछ ।
हाइटीविरुद्ध उनी महत्त्वपूर्ण हुनुको अर्को कारण उनको बहुआयामिक खेल शैली हो । मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले खेलको आवश्यकताअनुसार डियाजलाई आक्रमणका विभिन्न भूमिकामा प्रयोग गर्न सक्छन् । उनी विङ्सबाट भित्र पस्न, स्ट्राइकरको पछाडि रहेर खेल्न वा मिडफिल्डमै रहेर पनि खेल्न सक्छन् । यसले गर्दा विपक्षी डिफेन्डरलाई उनी कहाँबाट आक्रमण गर्दैछन् भनेर अनुमान लगाउन र आफ्नो पोजिसन मिलाउन गाह्रो हुन्छ ।
साथै, डियाजको खेलको अनुमान लगाउन निकै गाह्रो हुन्छ । उनी आफैँ सट प्रहार गर्छन्, ड्रिबल गर्छन् वा साथीलाई ‘डिफेन्स(स्प्लिटिङ पास’ दिन्छन् भन्ने कुरा विपक्षीले भेउ पाउन सक्दैनन् । असम्भव जस्तो देखिने स्थितिबाट पनि अवसर सिर्जना गर्न सक्ने उनको क्षमता हाइटीविरुद्ध निर्णायक बन्न सक्छ । उत्कृष्ट प्राविधिक क्षमता, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र युरोपको उच्च स्तरको अनुभवका कारण डियाजसँग विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने सबै गुण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण