ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
बुधबार, १० असार २०८३, १६ : ३०
सारांश
- ललितपुर महानगरपालिकाले ७६ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ज्येष्ठ नागरिक भत्ताका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
- विपन्न नागरिकको स्वास्थ्य उपचार सहयोगका लागि थप १ करोड रुपैयाँ विनियोजन गरी मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै मञ्जली शाक्य बज्राचार्यले ७६ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप वार्षिक एकमुष्ट १० हजार रुपैयाँका दरले भत्ता वितरण गर्ने कार्यक्रमका लागि आगामी वर्ष पनि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले विपन्न नागरिकको स्वास्थ्य उपचार सहयोगका लागि थप १ करोड रुपैयाँ विनियोजन गर्नुका साथै मासिक ५ हजार रुपैयाँका दरले स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण