अपडेट
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
बिहीबार, ११ असार २०८३, ०७ : ०३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान जारी छ ।
- ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ ।
- यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान जारी छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ ।
यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए ।
बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
-
साथमा सन्तान नभए पनि वृद्धवृद्धालाई एक्लिन नदिने प्रयास गरिरहेछ केरला
-
सशस्त्रले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण