अपडेट
रास्वपा महाधिवेशनमा २१ सय मत खस्यो
बिहीबार, ११ असार २०८३, ०८ : १९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा २१ सय मत खसेको छ ।
- कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा ९९ पदका लागि ३८४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
- प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरी १२ बजेसम्म पुर्याइएको छ ।
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा आधा बढी मत खसेको छ ।
कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा भएको चुनावमा बिहान ८ बजेसम्मको अपडेट अनुसार २१ सय मत खसेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीकाले जानकारी दिए ।
अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरिएको छ । यस अनुसार अब प्रतिनिधिहरूले १२ बजेसम्म मतदानमा सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
-
अफ्रिकी समाजवाद: आफ्नै मौलिक बाटो खोज्ने प्रयास
-
पासपोर्ट छपाई प्रकरण : थुनछेक बहस सुरु
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो
-
भेनेजुएलामा स्वास्थ्य सहायता र मानवीय सहयोग पठाउने अमेरिकाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण