बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

रास्वपा महाधिवेशनमा २१ सय मत खस्यो

बिहीबार, ११ असार २०८३, ०८ : १९
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा २१ सय मत खसेको छ ।
  • कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा ९९ पदका लागि ३८४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
  • प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरी १२ बजेसम्म पुर्याइएको छ ।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा आधा बढी मत खसेको छ ।

कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा भएको चुनावमा बिहान ८ बजेसम्मको अपडेट अनुसार २१ सय मत खसेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीकाले जानकारी दिए ।

अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरिएको छ । यस अनुसार अब प्रतिनिधिहरूले १२ बजेसम्म मतदानमा सहभागी हुन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप