सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ ।
कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व वृद्धि तथा लागतमा न्यूनीकरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।
किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन सम्पन्न गरी ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका साथ कृषकको वर्गीकरण गरी कृषक पहिचानसहित परिचयपत्र वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।
जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नमूना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादनमा प्रोत्साहन गर्दै जैविकखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउने उपमहानगरपालिकाको योजना छ ।
तरकारी तथा फलफूल उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गर्न कृषक समूह तथा कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रागन, एभोकाडोलगायतका फलफूलको क्षेत्र विस्तारका कार्यक्रमअन्तर्गत ‘बारीदेखि बजारसम्म’को नीति अवलम्बन गरिने नगरप्रमुख लामाले बताइन् । ‘इज्जतको कमाइ कोषमार्फत’ महिला किसान प्रोत्साहन कार्यक्रम महिला कृषकको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण