फिल्म ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य
सारांश
- फिल्म ‘भागदौड’को नयाँ गीत ‘पातली’ सार्वजनिक भएको छ, जसमा निशा श्रेष्ठ र घनश्याम जोशीको अभिनय छ ।
- वैदेशिक रोजगारी, सहकारी ठगी र जीवनका उतारचढावमा आधारित यो फिल्मको निर्देशन पहमाल उप्रेतीले गरेका हुन् ।
- फिल्मले काठमाडौँको बुङ्गमती क्षेत्रको सभ्यता, संस्कृति र विभिन्न समुदायबिचको सहअस्तित्वलाई देखाउनेछ ।
काठमाडौँ । आगामी २६ गते (जुलाई १०) बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म हो ‘भागदौड’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको गीत ‘पातली’ सार्वजनिक गरिएको छ । प्रह्लाद तिमिल्सेना र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द, सङ्गीत वसन्त सापकोटाको छ ।
प्रेमकथा व्यक्त गरेको गीतमा फिल्मका मुख्य कलाकार निशा श्रेष्ठ, घनश्याम जोशीको अभिनय देख्न सकिन्छ । वैदेशिक रोजगारी, फाइनान्स तथा सहकारी ठगी र मानिसहरूको जीवनमा आइपर्ने विभिन्न उतार चढावलाई कथाको रूपमा उठाएको फिल्म पहमाल उप्रेतीले निर्देशन गरेका हुन् । प्रेम, बदला र भागदौडको रोचक सम्मिश्रण फिल्ममा देख्न सकिने निर्देशक उप्रेतीले बताए ।
फिल्ममा निशा र घनश्यामको अलवा शारदा राई (डायना), विशाल पोखरेल, शिशिर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको मुख्य भूमिका छ । विश्वराम विष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् ।
सुप्रिम म्युजिक एन्ड फिल्मस प्रालि र नेशनल सिने ग्रुप नेपालको प्रस्तुतिमा निर्माण भएको यो फिल्मले काठमाडौँको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । फिल्मले बुङ्गमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्री लगायतका विभिन्न समुदायबिचको सह अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवन शैलीबिचको सन्तुलनलाई पर्दामा देखाउने फिल्मका प्रस्तुतकर्ता विश्वराम विष्टले बताए ।
फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीण ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथमा सन्तान नभए पनि वृद्धवृद्धालाई एक्लिन नदिने प्रयास गरिरहेछ केरला
-
सशस्त्रले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण