रास्वपा महाधिवेशन
रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा
बिहीबार, ११ असार २०८३, १५ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा सभापति निर्विरोध भएपछि ६ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ।
- उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा चुनावी प्रतिस्पर्धा हुनेछ।
- पार्टीको विधान अनुसार सभापतिले केही पदाधिकारी मनोनित गर्नेछन्।
काठमाडौँ । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।
बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण