६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राति सवा नौ बजेदेखि मतदान हुनेछ ।
- निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन गरिएको छ, जसमा मतदान राति सवा ९ देखि सवा १२ सम्म र नतिजा राति १:३० बजे घोषणा गरिनेछ ।
- सभापतिमा रवि लामिछाने निर्विरोध भएसँगै अब दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुनेछ ।
चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ ।
त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ ।
पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाइ भएपछि कार्यतालिका संशोधन गरिएको बताइएको छ । १९ जना पदाधिकारीमध्ये सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।
बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिए । यद्यपि ६ पदका लागि सहमतिको प्रयास समेत भइरहेकाले मतदान नहुने सम्भावना पनि उत्तिकै रहेको छ ।
रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
-
व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण