ब्यान्ड ‘समकालीन’को डेब्यु सिंगल ‘लाहुर’ सार्वजनिक
सारांश
- नयाँ ब्यान्ड ‘समकालीन’ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ सार्वजनिक गर्दै नेपाली सांगीतिक क्षेत्रमा औपचारिक प्रवेश गरेको छ।
- मार्स प्रालिद्वारा निर्मित म्युजिक भिडियोसहित सार्वजनिक गरिएको यो गीतले निराशा, संघर्ष र आशाको भावनालाई समेटेको छ।
- ब्यान्डले श्रोताको सकारात्मक साथ पाएको उल्लेख गर्दै आगामी दिनमा पनि मौलिक र गुणस्तरीय गीत–संगीत प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ ब्यान्ड ‘समकालीन’ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ सार्वजनिक गर्दै औपचारिक प्रवेश गरेको छ। मार्स प्रालिद्वारा निर्मित म्युजिक भिडियोसहित सार्वजनिक गरिएको यो गीतले निराशा, संघर्ष र आशाको भावनालाई समेटेको ब्यान्डले जनाएको छ।
ब्यान्डका अनुसार ‘लाहुर’ संगीतप्रतिको अगाध प्रेमलाई अन्तिमपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ तयार गरिएको सिर्जना हो। तर, संयोगवश त्यही प्रयास नै ब्यान्डका लागि नयाँ सुरुवात र सांगीतिक यात्राको आधार बनेको उनीहरूको भनाइ छ।
‘समकालीन’ले पहिलो सिर्जनामार्फत श्रोताको सकारात्मक साथ पाएको उल्लेख गर्दै आगामी दिनमा पनि मौलिक र गुणस्तरीय गीत–संगीत प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।
ब्यान्डले जारी गरेको सन्देशमा भनिएको छ, ‘हाम्रो यो यात्रालाई यहाँसम्म ल्याउनुहुने सम्पूर्ण शुभेच्छुक, श्रोता र समर्थकहरूको माया र साथप्रति हामी अत्यन्तै कृतज्ञ छौँ। तपाईंहरूको यही विश्वासले हाम्रो आगामी सांगीतिक यात्रालाई अझ सशक्त रूपमा अगाडि बढाउने कुरामा हामी पूर्ण विश्वस्त छौँ।
‘समकालीन’ ब्यान्डमा नवराज थापा क्षेत्री (भोकल), सरिन केसी (बेस), निकेश मान जोशी (ड्रम्स), क्षितिज शेरचन (गिटार) र प्रज्वल श्रेष्ठ (गिटार) आबद्ध छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण