पानीपुरी र लोकप्रियता
गल्लीको कुनामा उभिएको पानीपुरीको ठेला,
अगाडि लाम, अनुहारभरि उत्साहको मेला।
एक मुखमा झोलको स्वाद,
अर्को मुखमा वाहवाही,
क्षणभरमै सबैको प्रिय,
यही त हो लोकप्रियताको कमाइ।
पानीपुरीको कथा पनि अचम्मको छ,
बाहिर खुस्केको पुरी,
भित्र पानीको चमक छ।
कतै नुन बढी, कतै मसला कम,
तर भीडले स्वाद खोज्छ,
हिसाब खोज्दैन हरदम।
पानीपुरीको लोकप्रियता
पेटसम्म पुगेर टुङ्गिन्छ,
पानीपुरी बिग्रियो भने अर्को ठेलामा स्वाद फेरिन्छ,
तर भरोसा बिग्रियो भने
जनताको मन फेरिन्छ।
कसैले सोध्दैन—
यसले भोलिको भोक मेटाउँछ कि मेटाउँदैन ?
क्षणिक स्वादले पेट नभरिएझैँ,
क्षणिक लोकप्रियताले
राष्ट्र बन्दैन।
हल्लाले उचालेको परिवर्तन
यदि विचार, नीति र परिणामविहीन छ भने,
त्यो पनि पानीपुरीको स्वादझैँ
केही क्षणको रमाइलो मात्र हुनेछ।
किनकि पेटले अन्ततः
अन्न नै खोज्छ,
र राष्ट्रले पनि अन्ततः
हल्ला होइन,
दिशा, दृष्टि र आधार नैं खोज्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण