नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'के' को अन्तिम खेलमा कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगलले नक आउट चरणमा क्रोएसियाको सामना गर्ने भएको छ।
- पोर्चुगल र क्रोएसियाबीचको खेल आगामी जुलाई ३ तारिख पौने ५ बजे हुने तय भएको छ।
- यसै समूहको अर्को खेलमा डीआर कंगोले उज्बेकिस्तानलाई ३-१ ले हराउँदै ऐतिहासिक जित दर्ता गर्दै अन्तिम ३२ मा पुगेको छ।
काठमाडाैँ । फिफा विश्वकप २०२६ को समूह 'के' को अन्तिम खेलमा कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगलले नक आउट चरण (अन्तिम ३२) मा क्रोएसियाको सामना गर्ने निश्चित भएको छ।
आइतबार बिहान मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले कोलम्बियासँग अंक बाँड्दै समूह उपविजेताको रूपमा अघिल्लो यात्रा तय गरेको हो।
यससँगै पोर्चुगल र क्रोएसियाबीचको भिडन्त आगामी जुलाई ३ तारिख पौने ५ बजे हुने तय भएको छ। समूह 'के' बाट कोलम्बिया विजेता बन्दै नक आउट चरणमा पुगेको छ भने पोर्चुगल उपविजेता बनेपछि यो समीकरण बनेको हो।
यसै समूहको अर्को खेलमा डीआर कंगोले उज्बेकिस्तानलाई ३-१ ले हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ। यो जितसँगै कंगो पनि अन्तिम ३२ मा पुग्न सफल भएको छ । उसले उसले इंग्ल्याण्डको सामना गर्नेछ। समूह विजेता कोलम्बियाले भने घानासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण