संसद् बैठक
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
आइतबार, १४ असार २०८३, १२ : ००
सारांश
- श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति राष्ट्रहितमा थियो कि राष्ट्रघाती भनी प्रश्न उठाएका छन्।
- सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको हितमा भए रेकर्डबाट नहटाउन र राष्ट्रघाती भए तुरुन्त हटाउन माग गरेका छन्।
- उनले फिफा र एन्फाको निलम्बनले खेलाडीको भविष्यमा असर परेको भन्दै सरकारलाई निलम्बन फुकुवाका लागि पहल गर्न आग्रह गरेका छन्।
काठमाडौँ । श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र (बालेन शाह) ले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो ? भनेर प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरूले प्रमको उक्त अभिव्यक्ति विरोधका लागि विरोध मात्र नगरेको बताए ।
‘के प्रमले बोलेको उक्त अभिव्यक्ति राष्ट्रको हितमा थियो ?’, प्रश्न गर्दै राईले भने ‘थियो भने रेकर्डबाट नहटाइयोस् र राष्ट्रघाती भए तुरुन्त हटाइयोस् ।’ उनले पार्टी भन्दा ठुलो देश भएको भन्दै संसदमा जवाफ मागिरहेका बेला प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टीकरण दिने होइन भने ।
साथै उनले फिफा र एन्फालाई निलम्बन गरेको घटनाले हजारौँ खेलाडीको भविष्यमा असर परेको भन्दै निलम्बन फुकुवाका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण