बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ।
- कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पहिरो तथा बाढीले एकतर्फी सञ्चालनमा आएको छ।
- बागमती प्रदेशमा काठमाडौं-नेपालथोक-कटुन्जे सडकमा बाढीको जोखिम, कुलेखानी-फाखेल-फर्पिङ-काठमाडौं सडक मर्मत, रसुवागढी मितेरी पुल मर्मत, कान्तिलोकपथमा पहिरो र भट्टेडाँडा-हेटौंडा सडक वर्षाका कारण पूर्ण रूपमा बन्द छन्।
काठमाडौँ । देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आज बिहान ८ बजेसम्म विभिन्न राजमार्गमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ भने इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा पहिरो खसेपछि पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा काठमाडौं–नेपालथोक–कटुन्जे सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्रसरोवर–४ महालक्ष्मी क्षेत्रमा कुलेखानी–फाखेल–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द गरिएको छ। प्रहरीले उक्त सडक मर्मत भइरहने अवधिमा करिब एक महिनासम्म बन्द रहने जनाएको छ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल मर्मतका कारण असार १७ गतेसम्म पूर्ण रूपमा बन्द गरिएको छ। मकवानपुरको बकैया गाउँपालिका–१२ बिङ्गन क्षेत्रमा कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने ललितपुरको बागमती गाउँपालिका–३ छम्पी क्षेत्रमा अविरल वर्षाका कारण भट्टेडाँडा–हेटौंडा (कान्तिलोकपथ) पनि पूर्ण रूपमा बन्द रहेको छ।
काभ्रेको रोशी गाउँपालिका–११ कालढुंगा क्षेत्रमा बाढीका कारण बीपी राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ दुड्खोला क्षेत्रमा पहिरो खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित सडकमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण