फिफा विश्वकप २०२६
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
मङ्गलबार, १६ असार २०८३, ०८ : २२
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा नेदरल्यान्ड्सले मोरक्कोविरुद्ध १-० को अग्रता बनाएको छ।
- खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि महत्वपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाए।
- यस खेलको विजेताले अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गर्दै मोरक्कोविरुद्ध १–० को अग्रता बनाएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि महत्वपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाए। लामो समयसम्म गोलका लागि संघर्ष गरिरहेको डच टोलीले अन्ततः गाक्पोको उत्कृष्ट फिनिसिङमार्फत खेलको पहिलो गोल निकाल्न सफल भयो।
यसअघि दोस्रो हाफमा मोरक्कोले लगातार दबाब सिर्जना गरेको थियो। कप्तान अश्रफ हाकिमीको प्रहार क्रसबारमा लागेको थियो भने अर्को अवसरमा मिकी भान डे भेनले अन्तिम क्षणमा उत्कृष्ट ट्याकल गर्दै नेदरल्यान्ड्सलाई गोल खानबाट जोगाएका थिए।
नेदरल्यान्ड्स १–० ले अगाडि रहेको छ। यस खेलको विजेताले अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण